तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरका सङ्क्रमित सरसफाईमा काम गर्ने गाडी चालक

भक्तपुर । मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका भक्तपुर निवासी पुरुष काठमाडौं महानगरपालिकाको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुर–५ भेलुखेल क्षेत्र सिल गरिएको छ भने सङ्क्रमितका परिवारको अन्य सदस्य निगरानीमा रहेको प्रहरीले जनाएको छ ।

प्रधानका अनुसार परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button