यूवाहरुले श्रमदानबाट बनाए सडक
सप्तरी । लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ खुदीबखारीका यूवाहरु यतिबेला श्रमदान गरि बाटो निर्माणमा जुटेका छन् ।
जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने अढाई किलोमिटर बाटो निर्माणमा सोही गाउँपालिका ६ खुदीबखारीका यूवाहरु विगत डेढ महिनादेखी उक्त अभियानमा जुटेका हुन् । डेढ महिनाको अवधीमा उनीहरुले ४ मिटर चौडाईको २ किलोमिटर कच्चि बाटो निर्माण गरिसकेका छन् ।
करिब ३ दर्जन यूवाहरुले सामाजिक दुरी कायम गर्दै बाटो निर्माण अभियानमा जुटेको श्रमदानमा खटिएका स्थानिय युवा कृष्णकुमार मण्डलले बताए । बाटो निर्माणका लागि श्रमदान सँगै आवश्यक उपकरण र माटो ढुवानीका लागि प्रयोग गरिने ट्रयाक्टरको भाडा खर्च आदी जुटाउन चन्दा संकलन समेत गरेर बाटो निर्माण कार्य अघि बढाइएको उनले बताए ।








प्रतिक्रिया राख्नुहोस्