नेपाल सरकारले सार्वजनिक नगरेसम्म त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न मन्त्री अर्यालको आग्रह
काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल सरकारले सार्वजनिक नगरेसम्म त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले मङ्गलबार सामाजिक सञ्जालमा लेख्नुभएको छ – ‘नेपाल सरकार मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौँ, तसर्थ नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रही सामाजिक सञ्जालमा त्रुटिपूर्ढा नक्सा प्रयोग नगरी दिनुहुन विनम्र अनुरोध गर्दछु ।’
यहीबिच सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा भने नयाँ नक्सा प्रयोग भइरहेको देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्