तपाईँ सुन्दै हुनुहुन्छः

वीपी प्रतिष्ठान धरानको प्रसुती वार्ड सिल


सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना भएको पत्ता लागेपछि सिल गरिएको हो ।

विभागीय प्रमुख प्रा डा मोहनचन्द्र रेग्मीका अनुसार धनकुटाको जिल्ला अस्पतालमा २ जना ज्वरो आएका महिला आएका ती मध्ये एक जनालाई नर्सले वीपीमा रिफर गरेकी ती महिला शुक्रबार वीपीको गाइनो वार्डमा भर्ना भएकी थिइन् ।

उनको दुई साता अघि अप्रेशनमार्फत धनकुटा अस्पतालमा बच्चा भइसकेको डिस्चार्ज भएर घर गएकी सुत्केरी इन्फेक्सन भएपछि पुनः अस्पताल आएकी उनलाई ती संक्रमण पुष्टि भएको नर्सले नै धरान रिफर गरेको पाइएको छ । डा.रेग्मीका अनुसार ती महिलालाई आइसोलेशनमा राखिएको छ ।

साथै ती महिलाको पिसिआर रिपोर्ट नआएसम्म नयाँ विरामी भर्ना गर्न रोक लगाइएको छ भने वार्डमा भएका महिलाहरुलाई डिस्चार्ज पनि नदिइने धनकुटामाब ज्वरो आएको २ जना मध्ये एकजना यहाँ रिफर भएको रहेछ उनलाई संक्रमित स्वास्थ्यकर्मीले नै रिफर गरेको खुलेकोले यो निर्णय लिइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button