तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ नियन्त्रण तथा  रोकथामका लागि खटिने कर्मचारी, स्वास्थ्य कर्मीलाई विशेष सहयोग प्याकेज

मेलम्ची । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ नियन्त्रणमा खटिने कर्मचारी, स्वास्थ्य कर्मीलगायत सम्पुर्ण कोभिड–१९ नियन्त्रण तथा  रोकथाममा लागि पर्ने कर्मचारीको लागि विशेष सहयोग प्याकेज ल्याउने भएको छ ।

गाउँपालिकाको आज बसेको बैठकले अग्रपंतिमा रहेर काम गर्ने कर्मचारीले अहिले खाइपाई आएको तलब भत्तामा ७० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

साथै कोभिड–१९का कारण खटिएका कर्मचारीको मृत्यु भएमा एकमुष्ठ पााच लाख र निजका सन्तानलाइ उच्च शिक्षासम्म अध्ययनका लागि छात्रावृद्धि उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष श्रबण कुमार जिसीले जानकारी दिनुभयो ।

इन्द्रावती-२ मा खाद्य सुरक्षा अभियान
कोरोना भाइरस (कोभिड –१९)को महामारी र यसको प्रभावबाट हुन सक्ने खाद्य असुरक्षाबाट बच्नका लागि इन्द्रावती गाउँपालिका वडा नं २ मा खाद्य सुरक्षा समिति गठन गरिएको छ ।

वडा सदस्य शेर्पा गिरीको नेतृत्वमा गठित समितिको समन्वय इन्द्रावती साना किसान कृषि सहकारी संस्थाले गर्ने निर्णय गरिएको छ ।

स्थानीयस्तरमा उपलब्ध हुने अन्नलगायतका खाद्यान्न सङ्कलन गर्ने र दैनिक गुजाराका लागि अप्ठ्यारो परेका नागरिकहरुलाई वितरण गरी खाद्य अभावका कारण कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले यो अभियान शुरु गरिएको सहकारीका अध्यक्ष रामशरण गिरीले जानकारी दिनुभयो ।

अभियान शुरु गरेकै दिन आइतबार रु.३० हजार सङ्कलन भएको छ । यस अभियानमा दाताहरुले नगद वा खाद्यान्न दान गर्न सकिने छ ।

सङ्कलित नगद वा खाद्यान्नलाई वडाका अति विपन्न परिवारलाई वितरण गरिने साथै साथै यस अभियानमा सहयोग गर्नका लागि समितिको तर्फबाट आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button