तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा ९५ हजारमा कोरोना भाइरसको संक्रमण, मृतक संख्या ३ हजार

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५० जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म कायमै राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button