तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीलाई डेराबाट निकाले कार्वाही गर्ने गृहकाे चेतावनी

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको महामारीसँग लडिरहेका स्वास्थ्यकर्मीलाई डेराबाट निकाले घरधनीलाई कडा कारबाहि गर्ने चेतावनी दिएको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै कठिन परिस्थिति कोरोना संक्रमणको त्रास देखाउँदै डेरामा बसेका स्वास्थ्यकर्मीलाई दबाब दिने गरेको उल्लेख गर्दै यस्तो कदम चालेको गृहले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने,सतर्कताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने लगायतका अमानवीय कार्यहरुप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button