तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरका १६ पत्रकारको स्वाब संकलन

विराटनगर । प्रदेस न १ सामाजिक विकास मत्रालयले विराटनगरमा कार्यरत १६ जना पत्रकारको आज स्वाव संकलन गरेको छ । नेपाल पत्रकार महासंघ मोरङ साखाको सहकार्यमा मञ्त्रालयले पत्रकारहरुको स्वाब संकलन गरेको हो ।

पहिलो चरणमा अग्रभागमा रहेर काम गर्ने टेलिभिजन तथा फोटो पत्रकारहरुको स्वाब संकलन गरिएको पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धुु पोखरेलले बताउनुुभयो । सबैको पत्रकार महासंघ परिसरमा स्वाव परिक्षण गरिएको हो ।

आज गरिएका पत्रकारको स्वाब परीक्षणको रिर्पोट आएपछि बाँकी पत्रकारको स्वाब परीक्षण गरिने अध्यक्ष पोखरेलले वताउनुुभयो ।

पर्सा र उदयपुुर जिल्लामा केही पत्रकारको रिर्पोट पोजेटिभ आएपछि फिल्डमा खटिने पत्रकारहरुको स्वाब संकलनका लागी महासंघले मन्त्रालयलाई पहल गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button