तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक : नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रममा सुझाव दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा सचिवालय सदस्यले सो कार्यक्रमका केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ४:०० बजे संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

“बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने दिन सकिन्छ भनेर सचिवालय बैठकमा रहेका सदस्यलाई अनुरोध गर्नुभयो”, बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भन्नुभयो, “नीति तथा कार्यक्रमका बारेमा केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको छ ।”

उहाँले बैठकमा स्थायी कमिटी बैठकबारे भने नीति तथा कार्यक्रमपछि बस्ने सचिवालय बैठकमा छलफल हुने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button