तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बिर्तामोडमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर नष्ट

झापा । विद्युत सर्ट भएर आगलागी हुँदा झापाको विर्तामोडमा आज एक घर जलेर नष्ट भएको छ । बिर्तामोड नगरपालिका–१ स्थित देवेन्द्र भुजेलको घर आज विहान जलेर नष्ट भएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालका अनुसार आगलागीका कारण घरका सबै सामग्री जलेर नष्ट भएको छ । विद्युत सर्ट भई घरमा आगलागी भएसँगै सिलिन्डर पड्किएको स्थानीयको भनाइ छ ।

बिर्तामोड नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको डीसपी रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button