बाल्टिनमा डुबेर १८ महिने बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरमा बुधबार बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ । ट्वाईलेटको राखेको बाल्टिनको पानीमा डुबेर मनहरी गाउँपालिका– ७, लामा टोलकी १८ महिने इशा व्लोनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको ट्वाईलेटमा राखेको बाल्टिनको पानीमा डुबेर बेहोस अवस्थामा अभिभावकले उनलाई फेला पारेका थिए । उनको उपचारका लागि पुरोना मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी सुजन पाठकले जानकारी दिनुभयो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको टोली पुगेर थप अनुसन्धान अघि बढाएको जनाईएको छ ।








प्रतिक्रिया राख्नुहोस्