नारायणी अस्पतालबाट दुई जना कोरोना सङ्क्रमित फरार

बीरगंज । बीरगंजको नारायणी अस्पतालको आइसोलेसनबाट दुई जना कोरोना सङ्क्रमित अस्पतालबाट हाम फालेर फरार भएका छन् ।
नारायणी अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारार्थ आइसोलसशनमा भर्ना भएका बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाका रामनाथ यादव र वडा नम्बर २ छपकैयाका जफर हवारी आज अपरान्ह ४ बजे अस्पतालको पछाडिपट्टि रहेको दोश्रो तल्लाको भेन्टिलेसनबाट हाम फालेर भागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
नगवा घर भएका यादवले पिसिआर परिक्षणको क्रममा आफ्नो ठेगाना वीरगंज–२ छपकैया लेखाएको अनुसन्धानको क्रममा भेटिएको छ । फरार कोरोना सङ्क्रमितहरुको खोजतलास भइरहेको शाहीले बताउनुभयो ।
बीरगंजमा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेको बेला उपचारका लागि अस्पताल भर्ना भएका सङ्क्रमित फरार भएपछि बीरगंजको जनजीवन थप त्रसित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्