ट्रिपर दुर्घटनामा चालकको मृत्यु

दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुन्द्रावतीमा मंगलबार राति ट्रिपर दुर्घटना हुँदा चालक भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पा क्षमावतीका २९ बर्षिय अशोक कुमार थामीको मृत्य भएको छ ।
सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा४ख ४७४४ नम्बरको ट्रिपर मंगलबार राति ११ः५० बजे अनियन्त्रित भै सडकबाट झण्डै सय फिट तल खस्दा चालक अशोक कुमार थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका चालक थामीलाई सदरमुकाम चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्