तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. ५ को कोरोना विशेष अस्पतालमा दुई सय शैया थप गरिने

रुपन्देही । प्रदेश नं. ५ सरकारले बुटवल धागो कारखानमा रहेको कोरोना विशेष अस्पताललाई २ सय शैया थप गर्ने भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको उक्त अस्पताललाई बिस्तार गरेर २ सय सैया थप्ने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिनुभयो ।

उक्त अस्पतालमा हाल ३६ सामान्य सैया र ८ सैयाको आइसियु मात्र रहेको छ । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमितहरु बढ्दै जाँदा अस्पताल भरिएको छ ।

संक्रमितको चापलाई मध्यनजर गर्दै अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले २ सय सैया थप गर्ने निर्णय गरेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
सो अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ संक्रमित पुष्टि भएका बिरामीको उपचार भइरहेको मेसु डा। राजेन्द्र खनालले बताउनुभयो ।

स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई क्वारेनटाइनमा राख्ने गरिएको छ ।
यो अस्पतालमा प्रत्येक साता अलग अलग समुहलाई उपचारमा खटाइने र एक साता काम गरेपछि १४ दिन क्वारेनटाइनमा राख्ने गरिएको फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिनुभयो । २० जना स्वास्थ्यकर्मी कार्यरत रहेको सो अस्पतालमा ३६ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button