तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमित बालिकाको सम्पर्कमा आएका आफन्तको आरडीटी रिपोर्ट नेगेटिभ

कैलाली । कैलालीबाट बर्दिया पुगेकी ११ बर्षीय बालिकामा कोरोना पुष्टि भए पछि सम्पर्कमा आएका व्यक्तिको र्यापिट टेष्ट शुरु गरीएको छ ।

बालिका बसेकी भजनी नगरपालिका १ मा रहेको आफन्तहरुको घरका सदस्यको र्यापिट टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटाले जानकारी दिनुभयो ।

घरमा रहेका ५ जना परिवारको र्यापिट टेष्ट गर्दा उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको र स्वाब संकलन गरी धनगढी पठाईएको उपप्रमुख देकोटाले बताउनु भयो । बर्दियाको राजापुर नगरपालिमा भेटिएकी संक्रमित बालिका बैशाख १६ गते कैलालीको भजनी नगरपालिका १ मा रहेको आफन्तको घरमा ३ दिन बसेर घर फर्केकी थिईन् ।

कैलालीबाट फिर्ता भएकी बालिका र हजुर आमालाई राजापुर नगरपालिकाले क्वारेन्टाईनमा राखेको थियो । संक्रमित बालिका संगै रहेकी उनकी हजुरआमाको रिर्पोट भने नेगेटिभ आएको राजापुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button