कोरोना सङ्क्रमितको उपचार र शव व्यवस्थापनका विषयमा छलफल गर्न बेलझुण्डीमा बैठक सुरु
तुलसीपुर । तुलसीपुरको कोरोना विशेष अस्पतालमा उपचारका लागि जिल्ला बाहिरबाट कोरोना सङ्क्रमित बिरामीलाई आउन दिने या नदिने भन्ने विषयमा छलफल गर्न बैठक सुरु भएको छ ।
बैठकमा उपचारको क्रममा मृत्यु भएकाहरुको शव व्यवस्थापन, जिल्ला बाहिरबाट कोरोना सङ्क्रमितलाई बेलझुण्डीमा उपचारका लागि आउन दिने या नदिने लगायतका विषयमा छलफल गरिने कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनुभयो ।
‘यहाको समुदायले के भन्छ । स्थानीय तहका सरकार प्रमुख र सिडयोको भनाई के आउँछ त्यसैका आधारमा निर्णय हुन्छ ,’ सदस्य सचिव डा. शर्माले भन्नभयो – ‘ उपचार गर्दैनौ भन्न त मिल्दैन तै पनि सकभर विकल्प खोज्नेमा बैठक लाग्छ होला ।’
बाँके र बर्दियामा कोरोना सङ्क्रमितलाई उपचार गर्ने ठाउँको अभाव भएका कारण सुविधा सम्पन्न मानिएको बेलझुण्डी कोरोना विशेष अस्पतालमा ल्याउनका लागि प्रस्ताव आएपछि के गर्ने भन्ने विषयमा छलफल गर्न बैठक सुरु भएको हो ।
कोरोना विशेष अस्पताल व्यवस्थापन समितिका संयोजक रहेका प्रदेश ५ का संघीय आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीलाई जानकारी गराएर बैठक सुरु भएको छ ।
बैठकमा दाङका सुरक्षा प्रमुख, स्थानीय तहका प्रमुख र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालका प्रमुखहरुको सहभागीता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्