लिसंखुपाखर गाउँपालिकाले गर्यो एक हजार चार सय ५९ परिवारलाई खाद्यान्न वितरण

मेलम्ची । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिको पालिका भित्र रहेका एक हजार चार सय ५९ विपन्न परिवारलाई खाद्यन्न राहत बितरण गरेको छ ।
पालिकामा रहेका बिहान बेलुका छाक टार्न नै मुस्किल परेका परिवारको लगत संकलन गरी खाद्यन्न बितरण गरिएको गाँउपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिनुभएको छ ।
गाँउपालिका भित्रका वडा नं. १ का चार सय ५३ परिवार, वडा नं.२ का एक सय ४२ परिवार,वडा नं. ३ का एक सय ४३ परिवार, वडा नं. ४ का परिवार दुई सय १५, वडा नं. ५ का ६६ परिवार र वडा नं. ७ का तीन सय ३९ बिपन्न परिवारलाई खाद्यन्न बितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण दुलालले जानकारी दिनुभयो ।
सम्पुर्ण परीवारलाई १५ केजि चामल, १ केजि दाल, १ लिटर तेल र १ केजि बितरण गरिएको प्रशासकिय अधिकृत दुलालले बताउनुभयो ।
हालसम्म बाहिरी जिल्लाबाट पालिका भित्रिएका पालिका भित्रका चार सय जनाको स्वास्थ्य परीक्षण गरेर घरमा नै बसेका छन् ।








प्रतिक्रिया राख्नुहोस्