सन्तुलित विकास गर्ने गरी बजेट आउने अर्थमन्त्री खतिवडाको भनाई

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानबाट निर्दिष्ट भएर पार्टीको सिद्धान्त अनुसरण गरेर बजेट आउने बताउदै परिस्थिती अनुसार प्राथमिकता भने फेरिने बताउनुभयो ।
आर्थिक वर्ष २०७७/०७८को लागि विनियोजना विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहँुदै अर्थमन्त्री खतिवडाले स्वास्थ्य, शिक्षा र कृषिमा लगानी बढाउने तथा रोजगारी सिर्जना आगामी वजेटको प्राथमिकता रहने बताउनुभयो ।
उहाँले कोरोना भइरसका कारण जनजीवनमा देखिएका समस्या समाधानका लागि सरकारको पहिलो प्राथमिकता स्वास्थ्य रहेको स्पष्ट पार्दै आर्थिक बृद्धि र आन्तरिक उत्पादन तथा वितरणलाई बजेटमा ध्यान दिने बताउनुभयो ।
अर्थमन्त्री डा. खतिवडाले प्रदेश र स्थानीय तहलाई सेवा प्रवाहमा सवल र सक्षम बनाउन विशेष जोड दिइने बताउनुभयो ।
उहाँले सबै क्षेत्रको सन्तुलित रुपमा विकास नगर्दा समस्या आउन सक्ने भन्दै कृषि उत्पादनसँगै त्यसको माग र बजार पनि बिकास गर्नु पर्ने भएकाले समग्र क्षेत्रको बिकासमा बजेट परिलक्षित हुने पनि बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले छलफलमा सांसदहरुबाट आएका सुझावलाई वजेट निर्माणका लागि मार्ग दर्शनका रुपमा लिएर अगाडी बढ्ने समेत बताउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक बैशाख ३१ गते बुधवार विहान ११:०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्