तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुका तीनै जना कोरोना सङ्क्रमित भारतको मुम्बईबाट लुकेर नेपाल आएका थिए

कपिलवस्तु । कपिलवस्तुमा थप तीन जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिवार जिल्लाको मायादेबी गाउँपालिकाका दुई र शुद्धोदन गाउँपालिकाका एक जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.समिरकुमार अधिकारीले शनिवार निकालेको बिज्ञप्तीमा कपिलवस्तु सहित तीन जिल्लामा सात जना नयाँ संक्रमति फेला परेका हुन् ।

यससंगै कपिलवस्तुमा संक्रमितको संख्या पाँच पुगेको छ । पाँच जना नै भारतको मुम्बइबाट चोर नाका हुँदै कपिलवस्तु छिरेका हुन् ।

तीन जना मध्ये दुई जना मायादेबी गाउँपालिका र एक जना शुद्धोधन गाउँपालिकाको रहेको प्रहरीले जनाएको छ ।

मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका १८ बर्ष, सोही पालिका वडा नम्बर ८ बिजुवाका १८ बर्ष तथा शुद्धोधन गाउँपालिका– ६ कर्माका १७ बर्षीय युवामा कोरोना देखिएको हो । भेटिएका पाँच मध्ये चार मायादेवी र एक शुद्धोदन गाउँपालिकाका हुन् ।

गत मंगलवार मायादेबी गाउँपालिका–१ स्थित छत्रपाली तीर्थादेबी माबिमा रहेका ६५ जनाको स्वाब संकलनको परिक्षणपछि पाँच जनामा संक्रमण देखिएको प्रजिअ दीर्घनारायण पौडेलले बताउनुभयो । परिक्षणपछि दुई दिन अघि दुई जना र शनिबार तीन जना संक्रमित देखिएका हुन् ।

शनिवार पुष्टी भएका मायादेवी गाउँपालिका– २ का १८ बर्षीय युवा पनि यस अघिका दुई जना संक्रमिसँगै भारतको मुम्बइबाट फर्केका थिए ।

भारतको मुम्बइबाट फर्केका सोही पालिकाको वडा नम्बर २ अभिरावका १६ र २६ बर्ष युवामा कोरोना संक्रमति देखिएको थियो ।

गत बैशाख २३ गते रातिको मुम्बइबाट फर्कका पाँच जना मध्ये तीन जनामा कोरोना भेटिएको छ ।

शनिवार संक्रमित देखिएका मायादेवी गाउँपालिका– ८ बिजुवका १८ बर्षीय युवा गत बैशाख २२ गते र शुद्धोधन गाउँपालिका– ६ कर्माका १७ बर्षीय युवा बैशाख २० गते चोर नाका हँुदै छिरेका थिए ।

लुकीछिपी नेपाल प्रवेश गरेपछि स्थानीयको सहयोगमा दुबैलाई छत्रपाली तीर्थादेबी क्वारेनटाइनमा राखिएको थियो । चोर नाका हुँदै फर्केका संक्रमितसँगै फर्केका सात जना मध्ये दुई जना अझै भेटिएका छैनन् । सोही समुह मध्ये तीन जनामा संक्रमित भएका हुन् ।

दुबै जनाको खोजी भइरहेको प्रहरी उपरिक्षक दीप शमशेर राणाले बताउनुभयो । प्रदेश नम्बर ५ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । बाँकेमा २४, कपिलवस्तुमा पाँच र रुपन्देहीमा एक जना संक्रमित भेटिएका छन् ।

उता संक्रमितको कन्ट्याक्ट ट्रेसिङ, ट्राभल हिस्ट्रीलगायतका कुरा पत्ता लगाउन जनसंख्या तथा स्वास्थ्य मन्त्रालयबाट डा.यदुचन्द्र घिमिरेको नेतृत्वमा चार सदस्यीय टोली कपिलवस्तु पुगेको छ ।

टोलीले अभिराव, छत्रपाली तीर्थादेबी उमाबिको क्वारेनटाइन पुगेर आवश्य कार्य अघि बढाएको प्रजिअ दीर्घनारायण पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button