मुसहर समुदायलाई घर हस्तान्तरण
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका १२ लक्ष्मिनियाँ स्थित मुसहर नमुना बस्तीमा निमार्ण भएको घरहरु मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ ।
आज एक कार्यक्रमका बीच निर्माण सम्पन्न घरहरु मुसहर समुदायलाई हस्तान्तरण गरिएको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महत्तोले जानकारी दिनुभयो ।
सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराईमधेश समृद्धि कार्यक्रम मार्फत १ करोड ४ चार लाख रुपैयाको लागतमा निर्माण भएका १६ वटा एक तले पक्की घरहरु समुदायलाई हस्तान्तरण गरिएको हो ।
तराई मधेश समृद्धि कार्यक्रम मार्फत निमार्ण भएका घरहरुमा भान्सा सहितको तीनवटा कोठा, शौचालय, स्नान घर खानेपानी लगायत रहेका छन् ।
वषौंदेखि ऐलानी जमिन बस्दै आएको र ज्यालामजदुरी दैनिकी गुजारा चलाउने यस समुदाय खरले छाएको छुप्रो बस्दै आएका थिए । घर व्यवस्थित नहुँदा हिउँद र बर्षायाममा मुसहर समुदाय कष्टकर दैनिकी जीवन बिताउन बाध्य थिए ।
घर पाए संगै आफूहरुको खुशीको कुनै सिमाना नरहेको बस्तीका ५१ बर्षीय रामप्रसाद महराले बताउनुभयो । सो बस्तीमा एकसय परिवार बस्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्