तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरबाट नियन्त्रणमा लिएका ५२ जनालाई दुई घण्टापछि छोडियो

तुलसीपुर । लकडाउन उल्लङ्घन गरेको आरोपमा तुलसीपुर बजारबाट ५२ जनालाई नियन्त्रणमा लिएर दुई घण्टापछि प्रहरीले छोडेको छ ।

लकडाउनको समयमा तुलसीपुर बजारमा हिडिरेका उनीहरुलाई प्रहरी परिचालन गरेर नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छाडिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिनुभयो ।

पछिल्लो समयमा कडाई गर्दै गएको प्रहरीले सवारी पासविना सञ्चालनमा आएका सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले ना६ख ६१२ नम्बरको ट्रक, रा१ख ५२३ नम्बरको पिक अप जिप, लु१च ६५९७ जिप, रा१त २८८४ नम्बरको ट्क्याक्टर, रा५प ७२६० र रा२प ४०६ नम्बरको मोटरसाइकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button