बारा, पर्सामा पर्याप्त सामाग्री सहित स्वास्थ्यकर्मी परिचालन
जनकपुरधाम । कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिममा रहेको प्रदेश नंं २ को पर्सा तथा बारा जिल्लामा प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री सहित स्वास्थ्य कर्मीहरु परिचालन गरेको छ ।
मन्त्रालयले कन्ट्राक्ट्रेसिङ्ग गर्न र स्वावको संकलन एवं परीक्षणका लागि चाहिने किट, पी पी ई, ग्लब्ज, मास्क, सेनिटाईजर सहितको अन्य सामाग्री सहितको स्वास्थ्य कर्मीहरुको टोली परिचालन गर्ने काम भएको मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।
हिजो मात्र वीगञ्जको छपकहीयामा एक्कै ठाउँमा १७ जना कोरोनाको संक्रमित बिरामी फेला परेपछि उक्त ठाउँमा अहिले संघीय सरकार, प्रदेश सरकारका अतिरिक्त विश्व स्वास्थ्य संगठनका स्वास्थ्य कर्मीहरु परिचालन गरेर बिरामीको सम्पर्कमा रहेकाहरुको कन्ट्राक्ट्रेसिङ्ग गर्ने काम करिब सकिएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।
१७ जना कोरोनाको पोजेटिभ बिरामी फेला परेको ठाउँ नगरको गल्लि रहेको र सो गाउँमा २ वटा तरकारी पसल, १ वटा किराना पसल तथा १ वटा सार्वजनिक चापाकल भएकाले त्यसको आधारमा कन्ट्राक्ट्रेसिङ्गको कामकाज गरिएको सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।
खास गरेर प्रदेश नंं २ मा रहेको ८ जिल्लामा पनि पर्सा, बारा तथा रौतहट जिल्लालाई कोरोनाको उच्च जोखिम जिल्लामा राखेर कोरोनाको परीक्षण तथा अन्य सतर्कताको उपायहरु बढाउने कामकाज भएको उहाले बताउनु भयो ।
प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका अतिरिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट पनि उल्लेख्य मात्रामा स्वास्थ्य सामाग्री सहितका परीक्षणका लागि स्वास्थ्यकर्मीहरु परिचालन गर्ने कामकाज भएको सचिव डा. घिमिरेले बताउनु भयो ।
नेपाल सरककारले प्रदेश नंं २ लाई रेडजोनमा राखेको बेलामा पर्सा जिल्लामा एक्कै दिन १७ जना कोरोनाको नयाँ संक्रमित व्यक्ति फेला परेपछि प्रदेश भरि नै उच्च स्वास्थ्य सतर्कता अपनाउने कामकाज भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्