तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आाक्रमणबाट महिलाको मृत्यु

राजविराज । सप्तरीमा हात्तीको आाक्रमणबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर २ भलुवाहीकी ३८ वर्षीय जानकी मगरको गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्केका हात्तीहरुको समुहले रातिको समयमा बस्तीमा पसेपछि घरमा सुतेकी मगर हात्ती आएको थाहा पाएपछि भाग्ने क्रममा हात्तीले कुल्चेर मारेको स्थानीयको भनाई छ ।

हात्तीको समुहले राती १ बजे घर भित्र सुतेको समयमा आङ्गनमा तिनवटा हात्ती आएर घर भत्काउन थालेपछि ज्यान जोगाउन भग्ने क्रममा हात्तीले उनलाई सुडले समातेर टाउकोमा किल्चेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

हात्ती आक्रमणबाट गम्भीर मगरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

मृतक मगरको शव पोष्टमाटमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button