दिर्घरोगीलाई वडामै पुगी औषधी बितरण गर्दै नगरप्रमुख

मेलम्ची । मेलम्ची नगरपालिकाले नगरपालिकाका दिर्घरोगीहरुलाई निशुल्क औषधी वितरण सुरु गरेको छ ।
हिजोबाट मेलम्ची ७ मा दीर्घरोगका औषधी सेवन गर्ने नागरिकलाई निशुल्क औषधी वितरण गरिएको नगर प्रमुख डम्वर अर्यालले बताउनुभयो ।
लगडाउनको समय थपिएसँगै नियमित औषधी सेवन गर्नेलाई असहज भएको गुनासो वढेसँगै औषधी वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगर भित्रका सुगर, प्रेसर, वाथरोग, कलेजेका विरामी, मृगौला, मुटु रोग लगायतका दिर्घरोगीहरुलाई औषधी वितरण गरिएको जनाएको छ । औषधी वितरण कार्यमा नगर प्रमुखनै वडा, वडा पुग्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्