त्रिशूली अस्पतालमा एक जना आइसोलेशनमा
अपराह्न ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना संक्रमणको लक्षण बढी मिल्दोजुल्दो फेला परेपछि अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार थालिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । आज उनको स्वाब संकलन गरेर थप परीक्षणका लागि काठमाडौंँ पठाइएको छ । आज कोरोना भाइरसको आशंकामा आइसोलेशनमा राखिएको उनकोे स्वाब परीक्षणको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ ।
यसअघि पनि नुवाकोटका दुई जनालाई त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाब परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको थियो । त्यस्तै नुवाकोटकै एक जनालाई काठमाडौंँमा आइसोलेशनमा राखिएकामा उनी पनि कोरोना भाइरसको संक्रमण फेला नपरेपछि घर फर्किसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्