संक्रमितहरुको सम्पर्कमा आएका ३४ जनाको रिपोर्ट नेगेटिभ
नेपालगञ्ज । नेपालगञ्जमा २३ जना संक्रमितको सम्पर्कमा आएका ३४ जनाको ’थ्रोट स्वाब’ पिसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
हिजो साँझ संकलित ५४ नमुना मध्ये आज भेरी अस्पताल नेपालगञ्जमा परिक्षण गरिएका ३४ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो । अन्य २० नमुना परिक्षणकै क्रममा रहेको उहाँले बताउनुभयो ।
आज पनि वडा नम्बर ८ को संक्रमित क्षेत्र वरपरबाट स्वाब लिने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्दै स्वाब संकलनलाई पनि तीब्रता दिइएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्