तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुर बजारबाट २१ जना पक्राउ

तुलसीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको उलंघन गरेको भन्दै तुलसीपुर बजारबाट २१ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगंजमा कोरोनाको संक्रमण देखिएपछि कडाई गरेको प्रहरीले पहिलो पटक यति ठूलो संख्यामा नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

सामाजिक दुरी कायम नराखेको, बजारमा विना काम लखर लखर हिडेकाकाले उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जनकारी दिए ।

लकडाउन प्रहरीका लागि भन्दा पनि स्वयम् नागरिकको सुरक्षाका लागि भएकोभन्दै यसको पूर्ण पालना गर्नु सबैका हितमा भएको प्रवक्ता डम्बरपालले बताए । प्रहरीले आईतबारदेखि अत्यावश्यक काम भन्दा अन्य काममा हिड्न प्रतिवन्ध लगाएको छ ।

पक्राउ परेका अधिकांस नागरिकहरु तुलसीपुर क्षेत्रका छन् भने एक जना बर्दियाका छन् । प्रहरीले केही सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button