चौतारा साँगाचोकगढी नगरपालिका जनप्रतिनिधिले १५ दिनको सुबिधा नलिने

मेलम्ची । चौतारा साँगाचोकगढी नगरपालिका जनप्रतिनिधिहरुले आफुले पाउने सेवा सुबिधा कटौति गरी नगर बिपद ब्यबस्थापन कोषमा रकम जम्मा गर्ने भएका छन् । मंगलबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाले नगरप्रमुखदेखि वडा सदस्य समेतले लिंदै आएको मासिक सुबिधाबाट १५ दिनको रकम बिपद ब्यबस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको नगरप्रमुख अमानसीं तामाङले जानकारी दिनुभयो । नगरका सबैजनप्रतिनीधिहरुको १५ दिनको सुबिधा बापतको रकम जम्मा गर्दा ५ लाख ३० हजार हुन आउने तामाङले बताउनुभयो ।
कार्यपालिकाको गत बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण पूर्व तयारीको लागी विकास बजेटबाट ५० लाख बिपद ब्यबस्थापन कोषमा रकमान्तर गर्ने निर्णय गरेको थियो । कोरोना भाईरसका कारण नगरमा बेरोजगारी बढीरहेको अवस्थामा नगरभित्रका बेरोजगार युवाहरुलाई आफ्नो वडा भित्रको विकास निर्माण कार्यमा लगाइने निर्णयमा उल्लेख गरिएको छ । साथै गत बर्ष प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समावेश भएका बेरोजगार नगरबासीहरुलाई रोजगार दिने पनि निर्णय भएको छ ।








प्रतिक्रिया राख्नुहोस्