तातोपानी नाकामा अवरोध सिर्जना
मेलम्ची । तातोपानी नाकाबाट खाद्य सामाग्री आयात सँगै जनप्रतिनीधिले अवरोध सिर्जना गरेका छन् ।
मंगलबार पाँच कन्टेनर स्याउ र एक कन्टेनर लसुनको भन्सार जाँचपास गरी काठमाडौ लाने तयारी भएपछि स्थानीय र जनप्रतिनीधिले अवरोध गरेका हुन् ।
चीन तर्फवाट नियमित सामाग्री आएको र भन्सार कार्यालयले आवश्यक प्रक्रिया पुरा गरी सामना भित्र्याएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालवहादुर खत्रीले बताउनुभयो ।
अवरोधका बाबजुद भन्सार कार्यालयले आएका सामाग्रीको भन्सार पास गरिरहेको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य सामाग्री वाहेकका सामाग्री आयात भएको भन्दै भोटेकोशी गाँउपालिका ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पा सहितले अवरोध सिर्जना गर्दै आएको भन्सार कार्यालयले जनाएको छ ।
केही दिन यता भन्सार जाँचपास गरी पठाईएका सामाग्रीमा बाटोमा अवरोध भएपछि निरन्तर छलफल गर्दै आएको प्रमुख खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार केही सुरक्षा चुनौती वढेकोले सुरक्षा सतर्कता अपनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्