कोरोना संक्रमित बढेपछि नेपालगन्ज निषेधित क्षेत्र घोषणा
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले कोरोना संक्रमणदरलाई न्यूनीकरण गर्न संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनलाई प्रभावकारी बनाउन भोलि विहान ११ बजेदेखि २५ गते मध्य रातिसम्म लागू हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो ।
त्यस क्रममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिने जनशक्ति बाहेक अरु कसैलाई हिंड्न नदिने खड्काले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्