तपाईँ सुन्दै हुनुहुन्छः

सिमेन्टको कालोबजारी गर्ने दुई पक्राउ, गोदाम शिल

जनकपुरधाम । सिमेन्टको कालो बजारी गर्न खोज्ने दुई जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेर कालोबजारी अन्तर्गत मुद्दा चलाईएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं ११ मा रहेको आन्नद इन्टर प्राईजेज हार्डवयर पसलको सञ्चालक वर्ष ४८ को राम प्रताप साहले बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट विक्री गर्दै गरेको अवस्थामा प्रहरी टोलीले पसलबाट शिवम सिमेन्ट १६ बोरा, मारुति सिमेन्ट ३३ बोरा गरी जम्मा ४९ बोरा सिमेन्ट सहित निज सञ्चालकलाई नियन्त्रणमा लिएका थिए ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ माछाबजारमा रहेको चन्दन आईरन स्टोरको सञ्चालक सत्यनारायण चौधरीको छोरा वर्ष २० को चन्चल कुमार चौधरीले बजार भाउ भन्दा बढि मूल्यमा सिमेन्ट विक्री गर्दै गरेको प्रहरीले थाहा पाएपछि निजको गोदामा शिवम सिमेन्ट ३ सय ५० बोरा, मारुती सिमेन्ट २० बोरा र सगरमाथा सिमेन्ट ५० बोरा गरी जम्मा ४ सय २० बोरा समेत बरामद गरेका थिए ।

बरामड सिमेन्टलाई निजकै गोदाम र पसलमा रितपुर्वक शिल गरि निज चन्चल कुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अन्ुन्धान गर्ने कामकाज भईरहेको धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button