तपाईँ सुन्दै हुनुहुन्छः

पुर्ण प्रेस स्वतन्त्रता प्रति प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री पौडेल

मकवानपुर । मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले पूर्ण प्रेस स्वतन्त्रता प्रति बागमती प्रदेश सरकार स्पष्ट र प्रतिवद्ध रहेको बताउनुभएको हो ।

शुभकामना संदेशमा मुख्यमन्त्री पौडेलले भन्नुभएको छ– “देशको राजनीतिक परिवर्तन तथा आमनागरिकहरुको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्येख्य र अविष्मरणीय छ । हरेक क्रिया, प्रतिक्रिया, घटना, परिघटना एवं वस्तुस्थितिहरुको बारेमा जानकारी प्राप्त गर्ने नागरिकहरुको अधिकारको रक्षाका लागि पनि पूर्ण प्रेस स्वतन्त्रताको आवश्यकता छ भन्ने कुरामा बागमती प्रदेश सरकार स्पष्ट र प्रतिवद्ध रहेको जानकारी गराउँदछु ।”

उहाँले “भय र पक्षपात रहित पत्रकारिता” भन्ने मूल नारा सहित संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको भन्दै नेपालको संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको कुरा उल्लेख गरिएबाट नै प्रेस स्वतन्त्रता प्रति नेपाल संवेदनशील छ भन्ने कुरा जगजाहेर हुने उल्लेख गर्नुभएको छ ।

नेपाली पत्रकारिताले पूर्ण रुपमा निश्पक्ष र व्यवसायिक बन्न नसकेको आरोप खेपिरहेको वर्तमान अवस्थामा युनेस्कोले सार्वजनिक गरेको यो वर्षको नाराको मूल मर्म अनुसार पत्रकारिता क्षेत्र अघि बढ्नसके नेपाली समाजका लागि ठूलो उपलब्धि हुनेकुरामा दुईमत नरहने समेत उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button