तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी स्कर्टिङमा तातोपानीबाट ६ कन्टेनर भित्रिए

मेलम्ची । चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट स्याउ र लसुन भित्र्याइएपछि स्थानीयले विरोध जनाएका छन् ।

लकडाउनका बेला सहमति बेगरका सामग्री ल्याएको भन्दै स्थानीयले विरोध जनाइरहँदा तातोपानी नाकाबाट रातारात प्रहरी स्कर्टिङमा कन्टेनर भने भित्रिएका छन् । गएराति राति ६ वटा कन्टेनर पालैपालो लिपिङ हुँदै तातोपानी बजार आइपुगेका छन् ।

मेडिकल र खाद्य सामग्री मात्र ल्याउने सहमतिमा नाका खोल्न दिइएकोमा यसरी अरू सामान ल्याउँदा कोरोना भित्रिने जोखिम बढेको भन्दै जनप्रतिनिधिले भन्सारमा अस्ति ज्ञापन बुझाएका थिए ।

तातोपानीका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले सरकारबाट खोलिएको नाकाबाट सामग्री आयातमा सुरक्षाका लागि ‘स्कर्टिङ’ गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button