१ सय ३१ क्युफिट काठ सहित २ जना पक्राउ
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा आज १ सय ३१ क्युफिट काठ बरामद गरिएको छ । काठसंगै २ जना पक्राउ परेका छन् ।
सव डिभिजन कार्यालय सुखडले वडा नम्बर ४ जनकपुरबाट ४५.६६ क्युफिट र सव डिभिजन कार्यालय साडेपानीले वडा नम्बर ८ जरहीबाट ८५.६९ क्युफिट काठ बरामद गरेको हो ।
घोडाघोडी नगरपालिका वडा नम्बर ४ बाट ९ थान सालका कडी र गोबर मलभित्र लुकाई राखेको अवस्थामा ३ थान सालका गोलीयासहित स्थानीय ७० वर्षिया डिल्लीराज आचार्यलाई पक्राउ गरिएको सहायक बन अधिकृत समिर थापाले जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर ८ जरहीबाट जमिन मुनी लुकाई राखेको ५ थान सालका गोलीया बरामद गरेको र स्थानीय २५ वर्षीया कलुकुमारी कामीलाई नियन्त्रणमा लिएको छ ।
वनको अतिक्रमति क्षेत्रमा रहेको सालको रुखलाई कटान गरेकाले आवश्यक कार्वाहीका लागि पक्राउ गरिएको सहायक वन अधिकृत गौचरण चौधरीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्