तपाईँ सुन्दै हुनुहुन्छः

गाडीको ठक्करबाट एकको मृत्यु, एक घाइते

नवीन गिरी, नेपालगन्ज । बाँकेको कोहलपुरमा नेपाली सेनाको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

कोहलपुरको एनटिभी चोकमा बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई आज साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बाँके कोहलपुर–२ का २४ वर्षीय किरण भुषालको घटनास्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार बारबर्दिया नगरपालिका ४ की २७ वर्षीया प्रतिक्षा भुषाल गम्भीर घाइते हुनुभएको छ । उहाँको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button