तपाईँ सुन्दै हुनुहुन्छः

हिमपहिरोमा बेपत्ता दुई जनाको शव फेला

पोखरा । गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुखोलामा गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव भेटिएको छ ।

नेपाली सेनाले हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ ।

पहिरोमा हराएकामध्ये भेटिन बाँकी रहेको एक नेपाली र एक कोरियनको शव शुक्रबार फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button