तपाईँ सुन्दै हुनुहुन्छः

किसानको अवस्था बारेमा बुझ्न मन्त्री साहद्वारा स्थलगत अनुगमन

जनकपुरधाम । कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारणले किसानहरु मारमा परेपछि प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले किसानको खेतमा नै पुगेर किसानहरुको समस्याहरुका बारेमा जानकारी लिनु भएको छ ।

उहाँले सो अवसरमा वित्तिय सस्ंथाबाट ऋण लिएर कृषि कर्ममा लागेका किसानलाई राहत स्वरुप केही व्याज मिनाहा गरिदिने प्रदेश सरकारको मन्त्रिपरिषदले गरेको निर्णयका बारेमा जानकारी पनि दिनु भएको थियो ।

मन्त्री साहले लकडाउनमा बाली बिक्री गर्न नसकेका किसानको पिडालाई कम गर्नका लागि खेतमा नै पुगेर हौसला बढाउनु भएपछि किसानहरु पनि निक्कै खुसी भएका छन् ।

मन्त्री साहले कोरोना महामारीबाट जोगिनका लागि लकडाउनको कुनै विकल्प नभएको जानकारी दिदै सुरक्षित साथ कृषि कर्म गर्नका लागि पनि आग्रह गर्नुभयो ।

किसानले उब्जाएको तरकारी तथा फलफुलहरु लकडाउनका कारण बजार तथा उपभोक्तासम्म पुर्याउन नसकेकाले चिन्तित बनेको जानकारी पाएकाले मन्त्री आफै किसानको अवस्था, तरकारी तथा फलफुल बालीको अवस्थाका बारेमा स्थलगत अनुगमन गर्नु भएको हो ।

मन्त्री साहले कमला नदीको बगर, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र शहिदनगर नगरपालिकाका विभिन्न ठाउँ पुगेर किसानहरूको पीडा सुनेर समस्या समाधानका बारेमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नु भएको छ ।

त्यस क्रमममा उहाँले तरकारी तथा फलफुल ढुवानी तथा बजार व्यवस्थापनको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्दै किसानको बाली ढुवानीमा पनि प्रदेश सरकारले अनुदान दिने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button