सिन्धुपाल्चोकमा ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण
मेलम्ची । जिल्लाभित्र विकास निर्माणका आयोजना सुचारु हुन थालेपछि सिन्धुपाल्चोकका स्थानीय तहले निर्माण सामाग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकको सहकार्यमा, यात्रु, सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्न थालीएको हो ।
सिन्धुपाल्चोकमा सञ्चालन हुने सबै आयोजनाहरुमा काभ्रेको बनेपासहित तराईका जिल्लाहरुबाट रड, सिमेन्ट, फलाम जस्ता सामाग्री ढुवानी गरिन्छ ।
यसरी अन्य जिल्लाबाट आएका मालवाहक सवारी साधनमा किटनाशक औषधी छर्कीएर व्यक्तिको स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश दिने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताउनुभयो ।
उहाँले सोही नाका हुँदै दोलखा र रामेछाप जाने सवारी साधन पनि गुड्ने भएकोले सबै यात्रुको समेत परीक्षण गरेर मात्रै पठाइने ताउनुभयो ।
लकडाउनको अवधि बढ्दै गएपछि जिल्लामा रोकिएका विकास निर्माणका कार्यलाई निरन्तरता दिने निर्णय गरेसँगै मालवाहक सवारी साधानको आवतजावत बढेको छ ।
गाँउमा अन्य जिल्लाबाट सवारी साधन आउन थालेपछि स्थानीय त्रसित भएका थिए । त्यसैले जिल्लामा कोरोना भित्रन नदिन स्थानीयलाई समेत आश्वस्त बनाउन यस्तो काम थालिएको हो ।








प्रतिक्रिया राख्नुहोस्