तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा लकडाउन थप कडा बनाइँदै

नेपालगन्ज । कोरोनाको संक्रमण रोक्न बाँकेमा भोलिदेखि लकडाउन थप कडा बनाइँदैछ । यसअघि साँझको समयमा भिडभाड बढेपछि स्थानीय प्रशासनले औषधि बाहेकका अत्यावश्यक सामान पाइने पसल ४ बजेसम्म मात्र खोल्न भनेको थियो ।

तर, यसले गर्दा विहानैदेखि दिउँसोसम्म भिडभाड झन् बढेपछि भोलिदेखि औषधि बाहेक अन्य अत्यावश्यक सामानहरु पाइने पसल विहान १० बजेसम्म मात्र खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गरी औषधि बाहेकका अत्यावश्यक सेवाका पसल व्यवसायहरु (खाद्य, तरकारी, माछामासु, डेरी लगायतका दैनिक उपभोग्य वस्तु विक्री वितरण हुने पसल समेत) विहान १० बजेपछि पूर्ण रूपमा बन्द गर्न भनेको छ ।

त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई सूचित गर्दै प्रशासनले यसको उल्लंघन भएमा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button