तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमण देखिएको  क्षेत्रमा बारा प्रशासनद्वारा अनुगमन, सङ्क्रमित व्यक्तिको गाउँ टोल सिल गरियो

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको दुई व्यक्तिमा आज कोरोनाको संक्रमण देखिएपछि सम्भावित जोखिमलाई नियन्त्रण गर्न बारा प्रशासन सक्रिय भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुखसहित बाराको बिपत्त ब्यवस्थापन तथा शान्ति सुरक्षाको प्रमुखहरुको टोलीले कोरोना भाइरस देखिएका व्यक्तिहरुको गाउँ, टोलको अनुगमन गरि बिशेष सतर्कता अपनाउन भनेको छ ।

टोलीले उपमहानगरपालिकको वडा नं.७ जीतपुर र वडा नं.१९ ईनर्वासिराको अनुगमन गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, इलाका प्रशासन कार्यलयका प्रमुख कृष्ण गैरे, प्रहरी नायब उपरीक्षक गोविन्द पुरीसहित नेपाली सेना, सशस्त्र प्रहरीलगायतको टोलीले जीतपुर र इनर्वासिरा क्षेत्रमा स्थलगत निरिक्षण गरेको हो ।

संक्रमण देखिएका व्यक्तिहरुको टोल सिल गरिएको छ । सम्बन्धित संक्रमित व्यक्तिहरुको घर परिवारलाई कोरोनटाइनमा पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको दुई जनाको व्यक्तिमा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

उनीहरु ४७ र ३१ वर्षीय पुरुषहरू हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button