सल्यानमा छोराले गरे आफ्नै बाबुको हत्या
सल्यान । सल्यानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ कुइयाझोलका अन्दाजी २१ वर्षिय सुरज विश्वकर्माले बाबु बुदे कामीको हत्या गरेका हुन ।
शनिबार साँझ सात बजे बाबुलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हत्याको आरोपमा छोरा सुरज विश्वकर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो ।
प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको प्रहरीले बताएको छ ।
निज सुरजले यहि वैशाख १ गते आमाको पनि हात बाँचेको प्रहरीको भनाई छ । मृत्तक बुदे कामीको मुचुल्कापछि पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइने प्रहरी प्रमुख खतिवडाले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्