तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी २७ को नतिजा नेगेटिभ

चितवन । जिल्लाका विभिन्न मस्जिदमा रहेका २७ विदेशी मुसलमान समुदायका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

भट्टका अनुसार जिल्लाका विभिन्न मस्जिदमा १९ भारतीय र आठ जना पाकिस्तानी मुस्लिम समुदायका व्यक्ति रहेका छन् । उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पनि पहिचान गरी र्यापिड डाइग्नोस्टिक टेस्ट र पिसिआर परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

उनीहरुको नतिजा नेगेटिभ आएको भए पनि अहिले होम क्वारेन्टाइनमा राखिएको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशबाट आएका मुस्लिम सम्प्रदायका व्यक्तिलाई अहिले जहाँ छन् त्यही सुरक्षित साथ क्वारेन्टाइनमा राखिएको छ ।” उनीहरु सुरक्षा निकायको निगरानीमा रहेका उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button