तपाईँ सुन्दै हुनुहुन्छः

४० जना भारतीय नागरिक वीरगञ्जको क्वारेन्टाईनमा

वीरगञ्ज । लकडाउनको अवज्ञा गर्दै रातको समयमा खुला सिमाको प्रयोग गर्दै नेपालबाट भारत जान लागेका ४० जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पर्साको सिर्सिया अलौबाट आज बिहान नियन्त्रणमा लिएको छ ।

देशका विभिन्न स्थानबाट वीरगञ्ज आएका भारतीय नागरिकहरु एका बिहानै खुला सिमाको प्रयोग गर्दै भारत तर्फ जान लाग्दा ३३ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द कुंवरले जानकारी दिनुभयो ।

त्यसैगरी भारतीय एसएसवी फोर्सले थप ७ जनालाई नेपालबाट भारत प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई बुझाएको थियो ।

उनीहरु लाई अहिले वीरगञ्जको ठाकुर राम बहुमुखमी क्याम्पसमा रहेको क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको ग्रिनसिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो । उनीहरुलाई क्वारेन्टाईनमा रहँदा खाने बस्ने व्यवस्था समेत ग्रिन सिटी समुदायिक केन्द्रले लिएको छ ।

हाल ठाकुर रामस्थित क्वारेन्टाईनमा १ सय ६० जना भारतीय नागरिकहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button