सुनसरीमा १८६ जना क्वारेन्टाइनमा
सुनसरी । सुनसरीमा रहेको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० बेड र इनरुवा अस्पतालमा ४ वटा आईसोलेसन बेड रहेको छ ।
जिल्लाको इटहरी अस्पतालमा पनि ४ बेड छुट्याएपनि कार्यान्वयन भएको छैन् । संचालनमा रहेको आईसोलेसन बेड संख्या २४ रहेको छ । त्यसैगरी जिल्लाको धरान उपमहानगरपालिकामा ९४ बेड, इटहरी उपमहानगरपालिकामा १०० बेड, इनरुवा नगरपालिकामा २० बेड , बराहक्षेत्र नगरपालिकामा ११ वेड, रामधुनी नगरापलिकामा ५६ बेड, दुहवी नगरपालिकामा ५० बेड सहित जिल्लाभरीमा कुल ३७६ बेड क्षमताको क्वारेन्टाइन तयार भएको छ ।
त्यसैगरी गाउँपालिकाहरुमा समेत क्वारेन्टाइन तयार भएको छ । हरिनगर गाउँपालिकामा ५० बेड, गढीमा १० बेडको संख्या, देवानगञ्जमा १० बेड र वर्जुमा ८ बेड रहेकोमा सकै तिरका गरि १८६ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् ।
सञ्चालनमा रहेको आइसोलेशन वार्डको संख्या २४ रहेकोमा २७ जनालाई यो महिना भरीमा भर्ना गरिएकोमा त्यहाँ रहेकाहरु मध्यबाट २० जनाको रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिएको छ । अव आईसोलेशन वार्डमा ७ जना उपचारत रहेका छन् ।
जिल्लामा कोरोना उपचारका लागि छुट्टयाइएका अस्पतालको संख्या ३ रहेको छ । यस जिल्लामा प्रदेश सरकारले धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० बेडको कोरोना अस्पताल बनाउने काम सुरु गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्