तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामिण क्षेत्रमा छैन कोरोनाको प्रभाव

सल्यान । कोरोना भाइरसले विश्वलाई आतंकित बनाइरहदा सल्यानका ग्रामिण क्षेत्रमा भने त्यसको प्रभाव कमै परेको छ । शहर बजार पूर्ण रुपमा लकडाउन भइरहदा गाउँघर भने सामान्य अवस्थामा नै रहेका छन् ।

गहुँ भित्र्याउने, बारीमा गोठमल बोक्ने, वर्षे बाली लगाउने काममा गाउँघरका किसान व्यस्त छन् । उनीहरुलाई कोरोनाबारे सोच्ने समेत फुसर्द छैन ।

दैनिकजसो खेतबारीमै व्यस्त हुने भएकाले कोरोना भाइरसबाट सोच्न फुसर्द नभएको कुमख गाउँपालिका ३ का किसान टिकारम खत्रीको भनाई छ । गोठको मल बारीमा लैजाने, बारी तयार गर्ने र मकै लगाउने काममा व्यस्त रहेको उनले बताए ।

बाली भित्र्याउने, र बाली लगाउने सिजनमा किसान यतिबेला व्यस्त हुने बागचौर नगरपालिका ३ का किसान शोभाराम शर्माले बताए । घर खेत गर्दै ठिक्क छ गाउँघर जान आजभोली सिजन भएकाले फुर्सद नै हुदैन शर्माले बताए ।

कोरोनाले शहर बजारमा प्रभाव पारेपनि गाउँघर सामान्य अवस्थामा नै रहेको अर्का किसान लिलाधर केसीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button