तपाईँ सुन्दै हुनुहुन्छः

अतिआवश्यक सामग्रीका विषयमा लिखित जवाफ माग

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउनको अवस्थामा अतिआवश्यक वस्तुको आपूर्तिको व्यवस्थापनका विषयमा सर्वोच्च अदालतले लिखिल जवाफ माग्ने आदेश जारी गरेको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका विषयमा लिखित जवाफ माग गरेको हो ।

अधिवक्ता शैलेन्द्रप्रसाद हरिचनलगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा लकडाउनका बेलामा अतिआवश्यक सामग्री र जनताप्रति मानवीय व्यवहार गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

अदालतले यसअघिका अन्य आदेशका विषयमा यही वैशाख ११ गते महान्यायाधीवक्ता नै अदालतमा उपस्थित हुने भएकाले उक्त दिन छलफलका लागि दुवै पक्षलाई बोलाउने तय भएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button