तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा आज ३१ जनाको र्यापिड टेष्ट, सबैको रिर्पोट नेगेटीभ

कैलाली । कैलालीको टीकापुरमा आज ३१ जनाको र्यापिड टेष्ट गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ६ देखि ९ सम्मका चैत्र १ गतेपछि भारत लगाएत अन्य मूलुकबाट आएका ३१ जनाको र्यापिड टेष्ट गरिएको हो । उनीहरु सबै जनाको रिर्पोट नेगेटिभ आएको छ ।

नगरपालिकाले भोली वडा नम्बर १ देखि ५ सम्मका अन्य मूलुकबाट आएकाहरुको र्यापिड टेष्ट गर्ने टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक वलबहादुर रावलले जानकारी दिनुभयो ।

नगरपालिकाले यस अघि चैत्र १ गतेपछि भारत लगायत अन्य मूलुकबाट नगरपालिकामा भित्रिएका नागरिकहरुको नामावली संकलन गरेको थियो ।

उक्त अवधिमा ५ सय ७० जना भारत लगाए अन्य मूलुकबाट टीकापुरमा भित्रिएका नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button