तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ५ सय २७ को नमुना परिक्षण, सबै नेगेटिभ

नेपालगन्ज । बाँकेमा ५ सय २७ जनाको नमुना परिक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको छ ।

“पिसिआर” विधिबाट १ सय १ र “र्यापिड डायग्नोष्टिक टेष्ट” किटबाट परिक्षण गर्दा ४ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा हिजोदेखि सुरु भएको “पिसिआर” विधिबाट कोरोना परिक्षण गर्दा आइसोलेसनमा उपचाररत हुँदा मृत्युु भएका बर्दियाका एक जनासहित ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा १४ दिन पूरा भएपछि र्यापिड किटबाट परिक्षण गरिरहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अरु सात दिन घरमै क्वारेन्टाइनमा बस्ने गरी घर फिर्ता पठाउने गरिएको छ ।

अब बाँकेमा क्वारेन्टाइनमा ४ सय २६ जना छन् । नेपालगन्जमा २ सय ५६, कोहलपुरमा ७२, जानकी १३, खजुरामा १२, डुडुवामा १९, नरैनापुरमा ६ र नेपाली सेनाको क्वारेन्टाइनमा ४८ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button