पैदल यात्रुलाई सडकमा खाना खुवाउन शुरु
पर्वत । पोखरा बागलुङ राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा पैदल जाने र फर्किने यात्रुहरुलाई खाना खुवाउन थालिएको छ । पर्वतको मोदी गाउँपालिका र कुश्मा नगरपालिकामा पैदल यात्रुहरुलाई खाना खुवाउन थालिएको हो ।
मोदी यूवा क्लवको व्यवस्थापनमा नेपाल रेडक्रस सोसाईटी र स्थानीय व्यवसायीहरु मिलेर मोदी गाउँपालिका ६ डिमुवामा खाना खुवाउन थालिएको छ । बिगत दुई दिनदेखि सडकमा पैदल हिँड्ने ५० जनालाई खान ख्वाईएको स्थानीय दिपेन्द्रजंग लामिछानेले जानकारी दिनुभयो ।
पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला प्रबेशद्धार रहेको मोदीमा खाना खुवाउने व्यवस्था भएपछि पैदल यात्रुहरुले राहतको महसुस गरेका छन् ।
यस्तै मोदी ट्रान्सपोर्ट प्रालिको सवारी साधान र मोदी गाउँपालिकाले उपलब्ध गराएको दुई वटा वसबाट अलपत्र यात्रुहरु ओसारेर सुरक्षित तरिकाले पठाउने व्यवस्था समेत गरिएको छ । पर्वतको कुश्मा नगरपालिका ६ स्थित शिवालय माविमा पनि खाना खुवाउने मेस सञ्चालन गरिएको छ ।
कुश्मा नगरपालिकाको खर्च व्यवस्थापनमा सडकमा भौतारिँदै गन्तव्य भेट्न हिँड्ने यात्रुलाई खान खुवाउन थालिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
यात्रुहरुलाई प्रसासनले रोकेपनि पैदल हिँड्ने रोकिएका छैनन । उनीहरुको दुख र कष्ट टुलुटुलु हेरेर बस्न नसकेपछि खाना खाने व्यवस्था गरिएको जोशीले बताउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्