मिनि ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ आरनभन्ज्याङमा मिनि ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखुबाट बेनिघाट रोराङ गाउँपालिका ४ को खहरेतर्फ जाँदै गरेको बा १ ख ८७३६ नम्बरको जीप आज दिउँसो दुर्घटनामा भएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
दुर्घटनामा जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं १ जोगीटारकी २४ वर्षीय सरु बसेलको घटनास्थलमै मृत्यु भएको हो । उनी माइती जाँदै थिइन् ।
दुर्घटनामा घाईतेहरु मध्य १ जनाको उपचारको लागी काठमाडौं पठाईएको छ भने अन्य ७ जनाकोे मलेखु सामुदायीक अस्पतालमा उपचारका भैरहेको छ ।
ट्रक अनियन्त्रित भइ सडकबाट ४ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्